Home मनोरञ्जन बलिवुड आमिर खानको ‘दंगल’ एक दिनको कमाइ ३० करोड

आमिर खानको ‘दंगल’ एक दिनको कमाइ ३० करोड

SHARE

मुम्बई । बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ले पहिलो दिन मै करीब ३० करोडको व्यापार गरेको छ । यो फिल्म शुक्रबारबाट भारतसहित विश्वव्यापी प्रदर्शन भएको हो ।शुक्रबार कुनै चाड पर्व नहुँदा पनि यो फिल्मले भारतीय बजारबाट २९.७८ करोडको व्यापार गरेको हो ।

आमिर खानको अहिलेसम्मको फिल्ममध्ये यो फिल्मको दोस्रो उच्चतम ओपनिङ हो । उनको अघिल्लो फिल्म ‘धुम–३’ ले पहिलो दिन ३६।२२ करोडको व्यापार गरेको थियो । आमिरकै फिल्म पीकेले पहिलो दिन २७ करोडको व्यापार गरेको थियो ।

Advertisement

यसरी, दंगलले ‘धुम–३’ लाई भेट्न नसके पनि पीकेभन्दा बढी व्यापार पहिलो दिन गरेको छ । पहिलो दिनको तुलनामा दोस्रो दिन शनिबार यो फिल्मले अझ राम्रो व्यापार गरेको छ ।शनिबारको बक्स अफिस रिपोर्ट आइतबार मात्र प्राप्त हुनेछ । फिल्मले २ सय करोडभन्दा माथिको व्यापार गर्ने पक्का भइसकेको छ । बजार समीक्षकका

भनाइमा दंगलले २ सय ५० करोडको व्यापार भारतीय बजारबाट गर्ने सम्भावना छ । सलमान खानको कुस्तीमा आधारित फिल्म सुल्तानभन्दा कुस्तीमा आधारित भएर पनि आमिरको यो फिल्म दंगलले बढी चर्चा र दर्शक पाएको छ । सुल्तानभन्दा दंगल अझ राम्रो बनेको सिने समीक्षकको भनाइ छ ।

दंगलमा आमिर खानसँगै साक्षी तनवर, फतिमा साना शेख, सान्या मल्होत्रा, सुहानी भट्नागर, जैरा वसिम, गिरीश कुलकर्णी, अपरशक्ति खुरानालगायतको अभिनय छ । यो फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन् । – एजेन्सी

  • दैनिकखबर बाट
Loading...
SHARE

तपाईको प्रतिक्रिया